राजनीति


एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, बजेटप्रति असन्तुष्टि एजेन्डा

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, बजेटप्रति असन्तुष्टि एजेन्डा

फाइल तस्बिर : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।


नेपालखबर
असार ७, २०८० बिहिबार ९:२३, काठमाडौँ

आज (बिहीबार) नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ।

दिउँसो २ बजे बस्ने बैठकमा बजेटप्रति पार्टीका सांसदहरूको असन्तुष्टिबारे छलफल हुनेछ।

बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि सुरुमा बजेटप्रति असन्तुष्टि जनाएका थिए तर पछि प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि उनी सकारात्मक देखिएका छन्। 

तर पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .