राजनीति


‘प्रधानमन्त्री र सभापतिमा रोक्न बालकृष्ण खाँणलाई ड्यामेज गर्न खोजियो’

‘प्रधानमन्त्री र सभापतिमा रोक्न बालकृष्ण खाँणलाई ड्यामेज गर्न खोजियो’

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १५:१९, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएका भीआईपीमध्ये एक पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा वकिलहरुको प्रतिरक्षा बहस सकिएको छ।

खाँणको पक्षमा बुधबार बिहानदेखि पाँचजनाले वकिलले बहस गरे। वरिष्ठ अधिवक्ताहरु लललितकुमार बस्नेत, रमन श्रेष्ठ, गोपालाकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता सुरेन्द्र महतो खाँणको पक्षमा बुधबार बहस गरे। 

बहसका क्रममा नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलेले नक्कली शरणार्थी प्रकरणका बिचौलियाले खाँणलाई पैसा दिएको प्रमाण कहीँ नभएको जिकिर गरे। 

‘बिचौलियाले बालकृष्ण खाँणलाई पैसा दिएको प्रमाण कहीँ छैन। केशव दुलालको बयानमा मन्त्रालयमै लगेर १ करोड २४ दिएको भनिएको छ’, उनले भने, ‘यदि त्यसो हो भने गृहमन्त्रालयमा सीसीटीभी छ। कुन मितिमा दिएको हो? १ करोड २४ लाख पैसा बोक्न झोला चाहिन्छ। कस्तो झोलामा दिएको हो? कस्तो झोलामा लगेको हो? गृहमन्त्रालयको मूलगेटमा कसको गाडीमा छिरेको हो? सीसीटीभी भए ठाउँमा प्रमाण होला त्यसको फुटेज चाहिन्छ। नत्र मान्छेलाई फसाउने गरी आरोप लगाउन पाइँदैन।’

उनले यो प्रकरणमा बालकृष्णविरुद्ध कुनै किसिमको प्रमाण नरहेको पनि जिकिर गरे। ‘बालकृष्ण खाँणलाई पैसा दिएको कुनै प्रमाण छ? भेटिएको भनिएको चिटमा पनि कसैको सही छैन,’ उनले अगाडि भने।

यो मुद्दामा सरकारी वकिलहरुको लापरबाही देखिएको भन्दै भोलिका दिनमा उनीहरुमाथि पनि प्रश्न उठ्ने जिकिर घिमिरेले गरे।

‘सरकारी वकिल चाहिँ भोलिका दिनमा न्यायाधीश बन्लान्। त्यति बेला उहाँहरुलाई यो बयान तपाईंहरुले गराएको होइन भन्दा के जवाफ दिनु हुन्छ?’, उनले भने, ‘यसरी बयान लिन मिल्छ? प्रहरी अड्डा सारी सारी बयान लिइएको छ।’

घिमिरेले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगेर बयान लिएको भनिएको प्रसंग यहाँ जोडेका हुन्।

उनले यो प्रकरण हुँदै नभएको भनेर आफूले नभनेको पनि बताए। ‘घटना भएकै होइन भनेर म भन्दिनँ तर बालृकष्ण खाँणको हकमा कुनै पनि प्रमाण छैन’, उनले भने,‘प्रमाणमा आधारित भएर बयान लिनुपर्ने हो। यहाँ त सरकारले अनुमान गरेकै भरमा कोही जेल बसिदिनुपर्ने भएको छ।’

घिमिरेले खाँणलाई कांग्रेसमा सम्भावना भएका नेता भन्दै उनको राजनीतिक करिअर ड्यामेज गर्ने नियतका साथ मुद्दा चलाइएको बताए। 

‘भोलि बालकृष्ण खाँण प्रधानन्त्री र पार्टी सभापति बन्न सक्छ भनेर उनलाई ड्यामेज गर्नका लागि मुद्दा लगाइएको छ’, उनले भने, ‘यो राजनीतिक क्षतिको भर्पाई भोलि कसले गर्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .