राजनीति


विष्णु रिमालले हर्क साम्पाङलाई ‘बौलाहा’ भनेपछि...(भिडिओ)

विष्णु रिमालले हर्क साम्पाङलाई ‘बौलाहा’ भनेपछि...(भिडिओ)

फाइल फाेटाे : मेयर हर्क साम्पाङ र एमाले उपमहासचिव विष्णु रिमाल।


नेपालखबर
जेठ ७, २०८० आइतबार १९:३१, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बोलेको एउटा भिडिओ क्लिप्स भाइरल भइरहेको छ।

जसमा उनले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङलाई ‘बौलाहा’को संज्ञा दिएका छन्। साथै काठमाडौंका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ‘तँ’ सम्बोधन गरेका छन्। 

शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले त्यस्तो बोलेका हुन्।

विशेषगरी उक्त भिडिओले मेयर साम्पाङ बढी रिसाएका छन्। उनले त्यो भिडिओ क्लिप्स सामाजिक सञ्जालमा सेयर गर्दै त्यस्तै किसिमका शब्द प्रयोग गरेर रिमालविरुद्ध आक्रोश पोखेका छन्। 

फेसबुक र ट्विटरमा गरेर मेयर साम्पाङले यो खबर तयार पार्दासम्म एमाले उपमहासचिव रिमालविरुद्ध आधा दर्जनभन्दा बढी स्टाटस लेखिसकेका छन्।  

एमाले उपमहासचिव रिमालले भिडिओमा यस्तो बोलेका छन्

हामीले के बुझौँ भने कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आयो भने, नियमित भयो भने पार्टीले बहुमत ल्यायो। त्यहाँभन्दा बढी टाउको दुखाउनै पर्दैन। कान्तिपुरले के लेख्यो, हेर्नै पर्दैन। त हामी गरिनै राछैनौँ,  राख्या छैनौँ, अर्काले गरिराख्या छ। काठमाडौँका मेयरले गर्छ, उसले खासखुस लेख्नासाथै नचाहिँदो कुरा लेख्दा ८०/९० हजारले लाइक गर्‍या देखिन्छ। अनि धरानतिर चैँ एउटा बौलाहा टाइपको मेयर छ, है। काम त अब राम्रै गर्‍या होला। धरानबाहिर पपुलर छ, धरानभित्र कति छ, थाहा छैन। उसकोमा ४०/५० हजारले लाइक गर्‍या देख्छु एक घण्टामा मैले। त्यसपछि अब एउटा स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु मैले। उसको चाहिँ एक घण्टामा ३०/४० हजारले लाइक गर्‍या देख्छु। त्यसकारणले त्यही लयमा उनीहरूको गइराख्या हुन्छ। कहिले कहिले लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न। सूर्यको जय होस्,  लेख्दिनूस्, जय सूर्य लेख्दिनूस् न सिद्धिगो नि। सूर्यको च्रिह्न हाल्दिनूस्, सिद्धिगो नि। तपाईं आइडेन्टीफाइ हुनुभो। यति हुनासाथै हाम्रो परिवार एकै ठाउँमा देखिन्छ।

हेर्नुहोस् भिडिओ क्लिप्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .