ad ad

राजनीति


प्रधानमन्त्रीलाई ओलीको प्रश्न : भारतसँग बोल्दा किन डराएको, किन काँतर मन बनाएको?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : भारतसँग बोल्दा किन डराएको, किन काँतर मन बनाएको?

संसदमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ७, २०८० आइतबार १२:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूमिका लागि भारतसँग बोल्न डराउन नहुने बताएका छन्। 

शुक्रबार प्रस्तुत भएको आगामी वर्षको नीति तथा कार्यक्रमबारेको छलफलमा आफ्ना भनाइ राख्ने क्रममा यस्तो उनले यस्तो बताएका हुन्। 

‘सरकारले अहिले दशैँ औँला थिच्दा पनि पिनायोको होइन विभत्स आवाज मात्रै आएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन यो सरकारलाई थाहा छैन’, उनले भने, 'भारत हाम्रो छिमेकी मित्र राष्ट्र हो। मित्रसँग आफ्ना समस्या किन खुलस्त राख्न नसकेको? भारतसँग बोल्दा चिसोपन र कायर मन पनि राख्नु भएन। काँतर मन र चिसोपन गरेर नबोलौँ।’

उनले छिमेकीसँग आफ्ना समस्या भन्न नसक्ने, बोल्न नसक्ने रआफ्ना कुरा राख्न नसक्ने सरकार हुनु चिन्ताजनक रहेको बताए। 

‘मित्रसँग मित्रका रुपमा खुल्ला रुपमा कुरा राख्नुपर्यो। छिमेकी मित्रहरुसँगको सम्बन्धलाई कसरी अघि बढाउने यो सरकारसँग कुनै योजना छैन’, उनले भने, ‘कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचार आएको छ। यो हो कि होइन प्रधानमन्त्रीले जवाफ दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .