राजनीति


रेशम चौधरीहरुलाई प्रक्रिया पूरा गरेर जेलमुक्त गर्छौँ : प्रधानमन्त्री

रेशम चौधरीहरुलाई प्रक्रिया पूरा गरेर जेलमुक्त गर्छौँ : प्रधानमन्त्री

संसद बैठकमा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्यदोषी ठहरिएका चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका हुन्। 

‘रेशम चौधरीको विषयमा अध्यदेश ल्याएर छुटाउने प्रयास हामीले गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो फैसाला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो,’ प्रधानमन्त्रीले भने, ‘र, अहिले टुंगिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा निकै गम्भीर छ। मलाई विश्वास छ यसको छिटै एउटा टुंगोमा हामी पुग्ने छौँ।’

सर्वोच्च अदालतको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न नसकिएको पनि उनले बताएका छन्।

‘रेशमजीसहित थरुहट आन्दोलनपछि जेलमा रहेकाहरुलाई राजनीतिक बन्दीका रुपमा हामी रिहा गराउन तयार छौँ’, उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउँछ। रेशमजीहरुलाई उचित विकल्प खोजेर हामी रिहा गराउने कुरामा गम्भीर छौँ।’

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई आममाफी दिन प्रक्रिया अघि बढाउने विषयमा सत्तारुढ दलबीच बुधबार छलफल भएको थियो।

मंगलबारमात्रै सर्वाेच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला गर्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .