ad ad

राजनीति


अमरेशको अडानले अझै बस्न सकेन प्रतिनिधिसभाको बैठक

अमरेशको अडानले अझै बस्न सकेन प्रतिनिधिसभाको बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १२:४७, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेश सिंहको अडानका कारण बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक डेढ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने कुरामा सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो।

एक मात्रै सांसद भएका दल र स्वतन्त्रमध्ये कसलाई प्रश्न सोध्न दिने भन्ने विषयमा सहमति हुन नसकेको हो। 

संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एकजना सांसद भएका पार्टी र स्वतन्त्र सांसदमध्ये कसलाई प्रश्न सोध्न दिने भन्ने विषयमा सहमति हुन सकेको थिएन। 

त्यसपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद् सिंहले सभामुख देवराज घिमिरेलाई भेटेर प्रश्न सोध्न दिनुपर्ने अडान राखेका थिए। 

स्रोतका अनुसार अमरेशले यदि प्रश्न सोध्न नदिने हो भने यसअघिको जस्तै संसद बैठकमै विरोधमा उत्रिने चेतवानी सभामुखलाई दिएका थिए।

सभामुख घिमिरेले उनीहरुलाई मनाउने कोसिस गरे पनि कुरा मिल्न सकेको छैन। उनीहरुसँगको छलफलपछि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि संवाद गरेका छन्। 

बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५ सांसदहरूले प्रश्नको उत्तर दिने कार्यसूची छ। 

संसद‌्‌भित्र रहेका दलहरुको संख्याका आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्न पाइनेछ।

संसद नियमावली अनुसार ३ दिनअगावै प्रधानमन्त्रीलाई सोध्ने प्रश्न सभामुखकहाँ आइपुग्नुपर्छ। त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गराउने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .