ad ad

राजनीति


कानुन समितिको कार्यविधि पारित : लगातार पाँच बैठकमा नआए सदस्य निष्कासित हुने

कानुन समितिको कार्यविधि पारित : लगातार पाँच बैठकमा नआए सदस्य निष्कासित हुने

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १२:५३, काठमाडौँ

कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो। 

समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरुसँगको छलफल पश्चात समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो। 

समितिका ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैंठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतिले पारित भएको घोषणा गरे।

उनले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताए।


समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिनासूचना निरन्तर ५ वटा बैठकमा सांसदहरु अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था छ। 

कार्यविधिमा  ५ वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ।

बिहीबारको बैठकमा समितिका ज्येष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि  देउवा पछिका ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .