ad ad

राजनीति


सांसद रायमाझीको व्यंग्य : कृषि मन्त्रालय खारेज गरौँ

सांसद रायमाझीको व्यंग्य : कृषि मन्त्रालय खारेज गरौँ

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १६:५८, काठमाडौँ

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताएका छन्।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ८५ प्रतिशत तकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यक्ता नरहेको जिकिर गरे।

उनले आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने बताए। उनले कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरु परिवर्तन भइरहने मन्त्रालय रहेको उल्लेख गरे। उनले किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने बताए।

उनले भने, ‘कृषि मन्त्रालयको विघटन गर्नुपर्ने जस्तो देखेँ मैले, तरकारी पनि ८५ बाहिरबाट ल्याउनुपर्ने, खाद्यान्न पनि बाहिरबाट ल्याउने हो भने यो मन्त्रालयको के काम छ? जे को लागि यो मन्त्रालय हामीलाई चाहिने हो, त्यो नहुने भएपछि के को लागि यो मन्त्रालय बनाइराख्ने? यो मन्त्रालय सबैभन्दा धेरै मन्त्री परिवर्तन हुने मन्त्रालय पनि भएको छ। नयाँ सरकार बनेपछि पनि ४/५ जना मन्त्री बनिसके। हामीलाई ६ लाख मेट्रिक्टन मल चाहिन्छ, तर हामी ४ लाख मेट्रिक टन मगाइराखेका छौँ। त्यसमा पनि सबै आएको छैन, हामी पाक्ने बेलामा ल्याउँछौँ, साउन भदौमा ल्याउनुपर्ने हो। के महत्व भयो।’

सदस्य रायमाझीले नेपाललाई ६ लाख मेट्रिक्टन मल आवश्यक रहेपनि ४ लाख भन्दा आउन नसकेको गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .