राजनीति


परराष्ट्रमन्त्रीले भेटे राजा चार्ल्स, प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो

परराष्ट्रमन्त्रीले भेटे राजा चार्ल्स, प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो

नेपालखबर
बैशाख २४, २०८० आइतबार १५:३३, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्।

राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भइसकेपछि उनले दुवैजनासँग भेट गरेका हुन्। 

भेटमा साउदले राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई  बधाई पनि दिएका छन्। 

उनले भेटका क्रममा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले भेटमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिए।

उनका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताएका छन्।  

‘बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा हुन्छ म आउँछु तर अलि ढिला हुन्छ भन्नुभयो,’ परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भने।  

मन्त्री साउद वैशाख २१ गते राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका थिए। उनी वैशख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .