ad ad

राजनीति


शपथपछि उपेन्द्रले भने : सरकारमा जाने निर्णय गरेको छैन, पार्टीमा छलफल चलाउँछु

शपथपछि उपेन्द्रले भने : सरकारमा जाने निर्णय गरेको छैन, पार्टीमा छलफल चलाउँछु

शपथपछि बधाई लिँदै उपेन्द्र यादव। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १४:१४, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैं सरकारमा जान सकिने संकेत गरेका छन्।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी उनले मंगलबार सांसद पदको शपथपछि यस्तो बताएका हुन्।

‘सरकारमा सहभागिताबारे हामीले निर्णय गरिसकेका छैनौँ। हाम्रोबाट एकजना अहिले नै मन्त्री हुनु हुन्छ। बाँकी एक मन्त्रालयमा हामी जानुपर्ने हुन्छ’, उनले भने, ‘सरकार अझै फुलफिल भइसकेको छैन। बाँकी रहेका मन्त्री फुलफिल गर्नुपर्छ।’
 

उनले मन्त्रालय कसले कुन पाउँछ भन्ने महत्वपूर्ण नभएको बताउँदै सरकारको स्थायित्व र काम ठूलो हुने बताए। 

‘अझै बृहत् समझदारी हुनु पर्छ। समझदारीका आधारमा राजनीतिक स्थायित्व हुनुपर्छ। यदि स्थायित्व भएन भने दुर्भाग्यपूर्ण हुन्छ’, उनले भने, ‘सरकार दुई चार महिनामा फेरिइरह्यो भने सिस्टममै असर पर्छ। फाइदा नेपालीलाई हुँदैन।’

यादवले जसपाको भागमा परेको वन मन्त्रालयमा को जाने भन्ने टुंगो भइनसकेको बताए। ‘जसपाबाट सरकारमा को जान्छ टुंगो छैन’, उनले भने, ‘पार्टीमा छलफल हुन्छ। म या अरु कोही जानेबारे अहिले नै भन्न सकिँदैन। यसबारे पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ।’

उनले आफूहरु सरकारको स्थायित्वको पक्षमा रहेको बताए।  ‘हामी स्थिरताको पक्षमा छौँ। अस्थिरताले कसैको हित गर्दैन। लोकतन्त्रलाई कमजोर बनाउँछ,’ उनले भने, ‘त्यसो हुँदा जनतामा वितृष्ण जाग्ने स्थिति हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .