ad ad

राजनीति


चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा आज तनहुँ जाँदै

चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा आज तनहुँ जाँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार ६:५४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज तनहुँ जाँदै छन्। उनी यही वैशाख १० गते हुने उपनिर्वाचन-लक्षित चुनावी सभालाई सम्बोधन गर्न तनहुँ जाने भएका हुन्। 

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवा तनहुँ आउने कार्यक्रम रहेको जानकारी दिएका छन्। सभा दिउँसाे २ बजे हुँदै छ। 

जिल्ला सभापति आलेले डुम्रेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तनहुँ आउने कार्यक्रम रहेको बताए। 

यसअघि मंगलबार मात्र तनहुँ–१ कै दमौलीमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गरेको थियो।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। 

उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण देखिएको छ।

यहाँ नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वोन्द्र खनाललाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .