राजनीति


मिटरब्याजी पीडितमाथि दमनको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ : प्रेम सुवाल

मिटरब्याजी पीडितमाथि दमनको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ : प्रेम सुवाल

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:४१, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज पीडित र लघुवित्त पीडितहरुमाथि प्रहरीले लाठी हानेर दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने उनले बताए।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सरकारले संविधानमा उल्लेख गरिएको वाक स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने हकको हनन् हुने गरी प्रहरी लगाएर लाठी प्रहार गरेको भन्दै त्यसो नगर्न पनि सचेत गराए।

उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए।

‘रत्नपार्क शान्तिवाटिकामा भेला भएका मिटरब्याज पीडित र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडितमाथि लाठी हानेर दमन गरिनु संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन् हो', उनले भने, 'जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसदमा स्पष्ट गर्न लगाउनु आवश्यक छ। मिटरब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्नु पर्छ।’

सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको पनि दोहोर्‍याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .