ad ad

राजनीति


अडियो प्रकरणको विवादबीच रास्वपा सांसदले भेटे प्रधानमन्त्रीलाई

अडियो प्रकरणको विवादबीच रास्वपा सांसदले भेटे प्रधानमन्त्रीलाई

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार १८:१८, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको प्रकरणले राजनीतिक वृत्त तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। 

दुई करोड प्रकरणमा मुछिएर रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ विवादको भूमरीमा परेका बेला अर्का सांसद गणेश पराजुलीले सोमबार सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। 

तर यो भेटघाटबारेमा अहिलेसम्म दुवै पक्षले विस्तृत कुरा खुलाएका छैनन्। यो भेटमा अडियो प्रकरणबारे पनि छलफल भएको हुन सक्ने स्रोतको दाबी छ। 

खोटाङ घर भएका सांसद पराजुली मंसिर ४ को निर्वाचनमा काठमाडौँ–७ बाट निर्वाचित भएका हुन्। 

दुई करोड मागेको प्रकरणमा मुछिएपछि अर्का समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले निलम्बन गरिएको जनाएको छ। 

तर उनलाई औपचारिक रुपमा निलम्बनको जानकारी संसद सचिवालयले अझैसम्म दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .