ad ad

राजनीति


पछि हटे राजेन्द्र महतो, बारा २ मा उपेन्द्र यादवलाई सघाउने

पछि हटे राजेन्द्र महतो, बारा २ मा उपेन्द्र यादवलाई सघाउने

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०७९ आइतबार १८:१, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णबाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पछि हटेका छन्। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न तयार उनले आइतवार आफू त्यो निर्णयबाट पछि हटेको बताएका हुन्। 

९ दलीय सत्ता गठबन्धनकोतर्फबाट यादवलाई सघाउने निर्णय गरिसकेको बताउँदै त्यहीअनुसार आफू बारा २ मा प्रतिस्पर्धा गर्न नजाने निर्णय लिएका हुन्। 

'हाम्रो पाँच दलीय गठबन्धन छ। त्यहाँ उपेन्द्रजीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको अवस्थामा गठबन्धनभित्रैबाट अर्को उम्मेदवारी दिनु न्यायसंगत हुँदैन', महतोले नेपालखबरसँग भने, 'कि पार्टीबाट विद्रोह गर्नुपर्यो, नभए पार्टीले समेत सहमति गरेको गठबन्धनको निर्णय मान्नुपर्यो। त्यही भएर मैले उपेन्द्रजीलाई समर्थन गर्ने गरी उम्मेदवारी नदिने निर्णय लिएको हुँ।'

बारा २ मा गठबन्धनबाटै जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उठाउने निर्णय गरेको छ। तर जनमतले संघीय सरकार छाड्दै गठबन्धनमा नरहने संकेत दिइसकेको छ।

यहाँ एमालेले नेता पुरुषोत्तम पौडेललाई उठाउने सम्भावना छ। उता नेपाली कांग्रेसले जनता समाजवादीका यादवलाई समर्थनको निर्णय आइतवार मात्रै लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .