ad ad

राजनीति


मन्त्रालय बाँडफाँट टुंगो लगाउन बालुवाटारमा गठबन्धनको बैठक

मन्त्रालय बाँडफाँट टुंगो लगाउन बालुवाटारमा गठबन्धनको बैठक

नेपालखबर
चैत १४, २०७९ मंगलबार १६:३८, काठमाडौँ

सरकारमा आबद्ध दलहरुको गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 

मन्त्रालय बाँडफाँटबारे टुंगो लगाउन बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल उपस्थित छन्। 

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरु पनि बैठकमा सहभागी छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .