ad ad

राजनीति


पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु

नेपालखबर
चैत ११, २०७९ शनिबार १६:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरु भएको हो। 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ। 

सरकारलाई विश्वासको मत दिने दलहरुको संख्या धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा सकस हुने अवस्था देखिएको छ।

 नेपाली कांग्रेसले १०, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३/३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २/२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक/एक मन्त्रालय दाबी गरिरहेका छन्।

माओवादी उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आज मात्रै दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .