पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको लागि अक्षयकोष खडा गर्न दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले सो घोषणा गरेका हुन्
उनले जनयुद्धका घाइतेहरुलाई उपचार नपाएको भए एमालेको सम्पर्कमा आउन आग्रह पनि गरे।
‘जनयुद्धका घाइते, अपाङ्ग कोही उपचार नपाएको हुनुहुन्छ भने एमालेको सम्पर्कमा आउनुहोस्। एमालेले सबै गर्छ त म भन्दिन तर सक्दो गर्छ’ उनले भने, ‘हामी डाक्टर राखेर हेल्थ डेस्क खडा गरेर पनि काम गर्न सक्छौँ।’
ओलीले जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको अभियान सुरु गरेको आरोप पनि लगाए। उनले जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गरे।
जनयुद्धमा राज्य र माओवादी पक्षबाट हजारौँ निर्दोष व्यक्ति मारिएको, घाइते तथा बेपत्ता भएको भन्दै त्यसका सञ्चालक प्रधानमन्त्री पुष्पकमल दाहाल तीन पटक देशको कार्यकारी प्रमुखको पदमा पुगेपनि बिर्सिएको आरोप लगाए।
उनले जनयुद्धको फाइदा प्रचण्डका परिवार र नजिकका केही मानिसले मात्रै लिएको बताए।
Shares

प्रतिक्रिया