राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न उनी पार्टीका अन्य शीर्ष नेताहरुका साथ आइतबार बेलुकी बालुवाटार पुगेका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका पार्टीका शीर्ष नेताहरुका साथ बालुवाटार पुगेका स्रोतले जनाएको छ।
माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ।
बैठक बस्नुअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने पनि तयारी गरेका छन्।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
कांग्रेस राष्ट्रपतिमा केन्द्रित हुँदा संगठन बढाउँदै एमाले र माओवादी
Shares

प्रतिक्रिया