ad ad

राजनीति


गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालखबर
माघ २९, २०७९ आइतबार १४:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा स्थापनाका गरिने बताएका छन्। 

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसहित गएको सरोकारवालाहरुसँगको छलफलका क्रममा उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा स्थापना गरिने बताएका हुन्। 

मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा विकास गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यहरु एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण मिश्र, नेकपा एमालेका नेता प्रतिनिधिसभा सदस्यहरु लेखराज भट्ट, तारा लामा तामाङ, नेताहरु भीम रावल, लेखराज भट्ट, दीपकप्रकाश भट्टलगायत बालुवाटार गएका थिए।

छलफलका क्रममा प्रधनमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन आगामी मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक स्वीकृतिका लागि निर्णय गर्ने आश्वासन दिएको नेता साउदले जानकारी दिए। 

‘हामीहरु आज (आइतबार) बिहान गेटा मेडिकल कलेजलाई युनिभर्सिटी बनाउनुपर्‍यो भनेर प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएका थियौं,’ उनले नेपालखबरसँग भने, ‘उहाँले आगामी क्याबिनेट मिटिङबाट युनिभर्सिटीका लागि सैद्धान्तिक स्वीकृतिका लागि निर्णय गराउँछु भन्नुभएको छ।’

एमाले नेता तथा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफल पछि कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकममा राखेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवासमा। प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सम्बन्धमाको छलफल,’ तस्बिरसँगै उनले लेखेका छन्, ‘अब मन्त्रिपरिषद्को १/२ क्याबिनेटको बैठक पछि नतिजा हेर्नु छ।’

यस्तै छलफलमा सहभागी एमालेकै अर्का नेता दीपकप्रकाश भट्टले प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता,’ उनले फेसबुकमा लेखेका छन्, ‘हामी सबैको तर्फबाट हार्दिक धन्यवाद।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .