ad ad

खेल


एपीएफको लगातार दोस्रो जित

एपीएफको लगातार दोस्रो जित

नेपालखबर
माघ २२, २०७९ आइतबार १४:२९, काठमाडौँ

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आइतबार भएको खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो। 

पहिलो सेटमा २५–१७ को जित निकालेको एपीएफले दोस्रो सेटमा आर्मीलाई २५–२१ ले हरायो। तेस्रो तथा अन्तिम सेटमा आर्मीलाई २५–१५ ले हराउँदै एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। 

एपीएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–० कै सोझो सेटमा पाखा लगाएको थियो। 

एपीएफले लगातार दोस्रो जित निकाल्दा आर्मीले भने लगातार दोस्रो हार व्यहोरेको छ। आर्मी पहिलो खेलमा न्यु डायमण्ड स्पोटर्स क्लबसँग ३–० कै सोझो सेटमा पराजित भएको हो। 

खेलको प्लेयर अफ दि म्याच एपीएफकी निरुता ठगुन्ना घोषित भईन्। उनले १० हजार रुपैयाँ पाएकी छिन्। 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ३ विभागीय र न्यु डायमण्ड स्पोर्टस् क्लब गरि ४ टोली सहभागी छन्। 

शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .