राजनीति


रविलाई गुरु घिमिरेको सुझाव : अदालतलाई मान्नू, पदप्रति आशक्ति नदेखाउनू

रविलाई गुरु घिमिरेको सुझाव : अदालतलाई मान्नू, पदप्रति आशक्ति नदेखाउनू

फाइल तस्बिर


नेपालखबर
माघ १९ , काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पदप्रति धेरै आशक्त नहुन सुझाव दिएका छन्। 

माघ १३ गते सर्वोच्च अदालतको फैसलापछि सांसदसहित सबै पद गुमाएका रविले गृहमन्त्रालयमा फर्किन जोडबल गरिरहेपछि घिमिरेले यस्तो बताएका हुन्।

उनले देशको कानुन पालना गरेर मात्रै अघि बढ्न सकिने बताउँदै आफूमाथिको छानबिन नटुंगिएसम्म मन्त्रीमा फर्किने प्रयास नगर्न भनेका हुन्। 

'देशको कानुन पालना गरेर मात्रै अघि बढ्न सकिन्छ रविजी', उनले भनेका छन्, 'तपाईंमाथिको छानबिन जारी छ। छानबिन टुङ्गिन दिनुस्। न्यायालयको ढुकढुकी बाँकी नै छ। आफूले बोलेको कुरामा अडिनुस्।'

उनले भर्खरै राजनीतिमा लागेकाले स्वच्छ छवि आवश्यक हुने सुझाव पनि रविलाई दिएका छन्। 

'भर्खरै राजनीतिमा लाग्नुभएको छ, स्वच्छ छवि बनाउनुस्', उनले भनेका छन्, 'पदप्रतिकोआशक्ति नदेखाउनुस्। प्रचलित राजनीतिज्ञ नबन्नुस्, हाम्रो सल्लाह।'

माघ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.