ad ad

राजनीति


प्रधानमन्त्रीले भने : अहिलेको समीकरण फेरिँदैन, रास्वपाले समर्थन फिर्ता लिँदैन

प्रधानमन्त्रीले भने : अहिलेको समीकरण फेरिँदैन, रास्वपाले समर्थन फिर्ता लिँदैन

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १७:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारणबाट तत्कालै सत्ता समीकरण फेरबदलको सम्भावना नरहेको बताएका छन्। 

बिहीबार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

'राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन। उहाँहरु पछि हट्नु हुन्न मैले बुझेसम्म', उनले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने। 

त्यस्तै प्रचण्डले अहिले नै राजनीतिक समीकरण फेरबदलको कुनै सम्भावना नरहेको पनि बताएका छन्। 

'अहिले नै राजनीतिक समीकरण फेरबदल हुँदैन', उनले भने, 'तत्कालै त्यस्तो केही हुँदैन।'

गृहमन्त्री र राष्ट्रपतिलाई लिएर सात दलीय गठबन्धनमा खटपट आएको चर्चाबीच प्रचण्डले यही समीकरण कायमै रहने बताएका हुन्। 

गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि गैरसांसद भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय मागिरहेका छन्।

तर प्रचण्ड सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल गृह रास्वपालाई दिने पक्षमा छैनन्। 

उता फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको राष्ट्रिय सहमतिको चर्चा माओवादीले गरिरहेका बेला एमाले सशंकित भएको छ। यस्तो शंका आशंकाबीच प्रचण्डले यसही समीकरण कायमै रहने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .