ad ad

राजनीति


स्वास्थ्यमन्त्री गिरीको निर्देशन : कोरोनाविरुद्धको बुस्टर डोज चाँडो ल्याउनूस्

देशभर सक्रिय संक्रमित १८ जना
स्वास्थ्यमन्त्री गिरीको निर्देशन : कोरोनाविरुद्धको बुस्टर डोज चाँडो ल्याउनूस्

नेपालखबर
माघ १९, २०७९ बिहिबार १५:१४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोज चाँडै ल्याउन निर्देशन दिएका छन्। 

‘छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ। हाम्रोमा पनि आउनसक्छ। बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ। त्यसका लागि योजना बनोस्। मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,’ उनले भने। 

खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको भन्दै  यसलाई पारदर्शी बनाएर मन्त्री गिरीले बताए। 
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ जना छ। बुधबार (माघ १८) को तथ्यांकअनुसार नयाँ संक्रमित तीन जना छन् भने तीन जना नै निको भएका छन्।

मन्त्री गिरीले विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न पनि निर्देशन दिए।

‘विभाग जति प्रभावकारी हुन्छ। त्यतिनै जनताप्रति उत्तरदायी हुन्छ। जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्’ उनले भने, ‘त्यसैले तपाईंहरु अझै प्रभावकारी भएर लाग्नुस्। राम्रो काम गर्नुभएको छ। यसका लागि धन्यवाद दिन्छु। तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ।’

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिएका छन्।

‘उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं। तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ। त्यो कुन अवस्थामा छ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामग्री त्यसरी अलपत्र हुनुहुँदैन। यसतर्फ सजग रहनुस्।’

प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .