ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच बालुवाटारमा भेटवार्ता जारी

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच बालुवाटारमा भेटवार्ता जारी

नेपालखबर
माघ १८, २०७९ बुधबार ९:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनबीच बालुवाटारमा भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको हो। 

नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः आफूलाई गृह मन्त्रालयमा फर्काउनुपर्ने नत्र आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परेको छ। 

माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्ड राहदानीलगायत विवाद कायमै रहेकाले रविलाई गृहमन्त्रीमा दोहोर्‍याउने मनसायमा देखिएका छैनन् भने एमाले अध्यक्ष ओली सहमतिअनुसार पुनः रविलाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन्।

यस्तै राष्ट्रपति पद पनि आफूले पाउनुपर्ने अडान एमालेले राखेका कारण प्रधानमन्त्री प्रचण्ड अलमलमा परेका छन्। माओवादी अध्यक्ष प्रचण्ड भने कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .