राजनीति


कांग्रेस सांसद मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

कांग्रेस सांसद मुक्ताकुमारीले दिइन् उपसभामुखमा उम्मेदवारी

उपसभामुखमा उम्मेदवारी दर्ता गर्दै कांग्रेस सांसद मुक्ताकुमारी यादव। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १५:३९, काठमाडौँ

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन्।

उनले पार्टीका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य बद्री पाण्डेको प्रस्तावमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। 

यादवको उम्मेदवारीमा प्रतिनिधिसभा सदस्यद्वय नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) का सवेन्द्रनाथ शुक्ल समर्थक बसेका छन्। 

यसअघि सत्तारुढ सात दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

उनले रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।

उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुने भएको छ। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका देवराज घिमिरे कांग्रेस सांसद ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .