प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चुनावमा सबै दलहरुबीच सहमति भए राम्रो हुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाका सभामुखमा नेकपा एमालेका देवराज घिमिरे विजयी भइसकेपछि संसद भवनबाहिर प्रधानमन्त्रीले यसो भनेका हुन्।
'सभामुखको निर्वाचन सत्ता साझेदार एकै ठाउँमा उभियौँ। हामी सत्ता साझेदार एकै ठाउँ उभिएर जितायौँ', उनले भने, 'प्रमुख प्रतिपक्षले पनि उठायो, तर विजयी बहुमतले घोषणा भयो।'
उनले राष्ट्रपतिका लागि अझै समय बाँकी रहेको भन्दै समझदारी बने राम्रो हुने उल्लेख गरे।
'राष्ट्रपतिको कुरामा अझै समय बाँकी छ', उनले भने, 'हामी अझै कोसिसमा छौँ। सत्ता साझेदार र अन्य दलबीच पनि समझदारी भए हुन्थ्यो। मैले पनि एउटा कुनै समझदारी बने हुन्थ्यो भनिरहेका छौँ।'
माघ ५, २०७९, बिहीबार
प्रतिक्रिया