नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद अरुलाई दिन नसकिने बताएका छन्।
बिहीबार संघीय संसदले सभामुख चयन गरिसकेपछि बाहिरिने क्रममा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।
'राष्ट्रपतिमा सहमति हुनुपर्छ, म पनि सहमतिकै पक्षमा छु', उनले भने, 'तर एमालेले जसलाई राष्ट्रपति पदमा उठाउँछ, त्यमसै राष्ट्रिय सहमति हुनुपर्छ, अरु दायाँबायाँ सहमतिको अर्थ छैन।'
ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ? भनेर पत्रकारहरुले सोधेको प्रश्नलाई हाँसेर टारिदिए।
तर उनले एमालेबाट राष्ट्रपतिमा उठाउने उम्मेदवारको नामबारे केही बताउन चाहेनन्। 'त्यो पछि भनौँला', उनले भने।
माघ ५, २०७९, बिहीबार
प्रतिक्रिया