राजनीति


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत : पक्षमा २६८, विपक्षमा २

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत : पक्षमा २६८, विपक्षमा २

प्रधानमन्त्रीका लागि विश्वासको मत लिएपछि प्रचण्ड। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २६, २०७९ मंगलबार १७:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्।

मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ। 

उनको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको छ। मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन्। 

आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए। संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे।

प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो। त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन्। 

हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो। प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ।

प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिलेको छ। अर्थात् उनको पक्षमा पूरै संसद उभिएको छ। उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ।

यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .