ad ad

राजनीति


अर्थमन्त्रीले बुझाए ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

अर्थमन्त्रीले बुझाए ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस २३, २०७९ शनिबार १९:५, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री पौडेलले ओलीलाई साझा कार्यक्रमको प्रतिवेदन बुझाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डसहितको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम बुझाइएको सचिवालयले जनाएको छ। 

कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धमलशमशेर राणा, जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .