नेपाली कांग्रेस संसदीय दलको बैठक पुस २३ गते शनिबार बस्ने भएको छ।
पुस २५ गतेबाट सुरु हुन गइरहेको प्रतिनिधिसभाको अधिवेशन दृष्टिगत गर्दै कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
दलका नेता शेरबहादुर देउवाले मंगलबार प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेका थिए।
मुख्य सचेतकमा मनोनीत भएपछि उनी बुधबार बिहान सभापति देउवासँग भेट गर्न धुम्बाराही पुगेका थिए।
33
Shares
प्रतिक्रिया