ad ad

राजनीति


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

फाइल।


नेपालखबर
पुस १७, २०७९ आइतबार ८:१२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दै छ। 

शनिबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज पुनः बस्नेगरी स्थगित भएको थियो। 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो। 

शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए। आज बिहान ११ बजेबाट पुनः बैठक सुरु हुने पार्टी सचिवालयले जनाएकाको छ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा आइतबारको बैठकमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।।

शनिबारको बैठकमा भनाई राख्नेमध्ये केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .