ad ad

राजनीति


बालुवाटार छाड्ने तयारीमा देउवा, भोलि धुम्बाराही सर्ने

बालुवाटार छाड्ने तयारीमा देउवा, भोलि धुम्बाराही सर्ने

फाइल।


नेपालखबर
पुस १३, २०७९ बुधबार ८:१९, काठमाडौँ

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी अघि बढाएका छन्। देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार धुम्बाराहीमा भाडाको घरमा सर्नेगरी तयारी भइरहेको छ। 

‘हिजो घर भेटिएको छ। भोलि सर्नेगरी आज तयारी भइरहेको छ,’ परियारले नेपालखबरसँग भने, ‘त्यहाँ पनि केही व्यवस्थापनका कामहरु भइरहेको छ।’

१० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए। मंगलबार दिउँसो धुम्बाराहीमा एक घर भेटिएको र केही समय सोही भाडाको घरमा देउवा बस्नेछन्। 

बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा भने भौतिक निर्माणको काम भइरहेको छ। सोही कााम सक्नुअघिसम्मका लागि देउवाले भाडाको घर प्रयोग गरेका हुन्। 

देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ। 

प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा प्रचण्ड खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .