राजनीति


सत्ताबाट बाहिरिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सत्ताबाट बाहिरिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०७९ मंगलबार १५:४४, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले पुस २२ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। 

बैठकका लागि ३ एजेन्डा तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उनका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा सम्बन्धमा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध गरी ३ एजेन्डा तय गरिएका हुन्।   

सत्ता गठबन्धन टिक्न नकसेपछि कांग्रेसको संस्थापन र इतर समूहमा रहेका नेताहरु केन्द्रीय कार्यसमिति बैठक डाकेर छलफल गर्नुपर्ने बताउँदै आएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरेपछि सभापति शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। 

संस्थापन इतर समूहले गठबन्धन टुटेकोमा देउवालाई दोष दिइरहेका छन्। यस्तो अवस्थामा कांग्रे‍सले बैठकबाटै समीक्षा गर्ने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad