सेयरबजारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई स्वागत गरेको छ।
आइतबार मात्र प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। सोसँगै सोमबारको सेयरबजारमा उछाल आएको छ।
निरन्तर घट्दै आएको सेयरबजार सोमबार ५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा पुगेको हो।
आजको बजारमा कारोबार रकम पनि झण्डै दोब्बरले बढेको छ। साताको दोस्रो कारोबार दिन २ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
योसँगै बजारमा २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ।
आज गुर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशत, धौलागिरि लघुवित्तका सेयरधनीले ९.९९, खप्तड लघुवित्तका सेयरधनीले ९.९९, सृजनशील लघुवित्तका सेयरधनीले ९.९९, रिलायन्स फाइनान्सका सेयरधनीले ९.९८ प्रतिशत कमाएका छन्। यो नै आजको सर्वाधिक आम्दानी हो।
त्यस्तै गुमाउने लगानीकर्ताले ५.५ प्रतिशत गुमाउँदा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २० करोडको सेयर किनबेच भएको हो।
आज २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
Shares
प्रतिक्रिया