राजनीति


जनार्दनको दाबी : पहिलो प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति माधव र रामचन्द्रमध्ये एक

जनार्दनको दाबी : पहिलो प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति माधव र रामचन्द्रमध्ये एक

सांसद पदको शपथका क्रममा जनार्दन शर्मा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १४:३, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले सत्ता गठबन्धनबाट सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन्। 
 

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका उनले सांसद पदको शपथ लिने क्रममा पत्रकाहरुसँग कुराकानी गर्दै प्रचण्डको नेतृत्वमा आगामी १० गतेभित्र सरकार बन्ने दाबी गरेका हुन्। 

सरकार गठनका लागि दलहरुबीच कुराकानी भइरहे पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएकाले केही समस्या भएको बताए। 

'सरकार गठबनका लागि हामी छलफलमै छौँ। माधवजी बिरामी भएर अस्पतालमा भएकाले छलफल हुन सकेको छैन', उनले भने, 'उहाँ फर्किनेबित्तिकै गठबन्धनको बैठकले नयाँ प्रधानमन्त्री तय गर्छ। पहिलो प्रधानमन्त्री प्रचण्ड नै हो तर यसबारे गठबन्धनले ठोस निर्णय गर्नेछ।'

गठबन्धन बन्दा शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेकाले अब पालो प्रचण्डकै भएको उनले बताए। यसबारेमा सत्तारुढ दलहरुबीच छलफल जारी रहेको उनले बताए। 

शर्माले राष्ट्रपति पनि सत्ता गठबन्धनबाटै निर्वाचित हुने बताएका छन्। त्यसका लागि सम्भावित अनुहारबारे छलफल भइरहेको उनको भनाइ थियो।

सत्ता गठबन्धनबाट नयाँ राष्ट्रपति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई बनाएर लैजाने पनि दाबी गरे। 

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफैं सरकार बनाउने निर्णय गरिसकेको छ। उसको दलको नेतामा शेरबहादुर देउवा दलको नेतामा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .