ad ad

राजनीति


उपचार गराएर चीनबाट फर्किए वर्षमान पुन

उपचार गराएर चीनबाट फर्किए वर्षमान पुन

नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्।

स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन्। उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै दिउँसाे १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। 

उनलाई स्वागत गर्न माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए। 

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो। 

नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको छ।

उपचारमा जानुअघि पुनको शरीरमा जन्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ।

गत वर्ष पनि रोगले च्यापेपछि पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गराएका थिए। पुनको उपचारमा डा। चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो। चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन्।

स्वस्थ मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म ठीक मानिन्छ। उक्त मात्रा त्यसभन्दा माथि हुँदा मानिसमा जन्डिस रोग लाग्ने गर्छ। पुनमा भने बिलरुबिनको मात्रा कम्तीमा १० देखि १२ सम्म हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .