ad ad

राजनीति


कांग्रेस संसदीय दलको चुनाव बुधबार, यस्तो छ कार्यतालिका

कांग्रेस संसदीय दलको चुनाव बुधबार, यस्तो छ कार्यतालिका

फाइल।


नेपालखबर
पुस ४, २०७९ सोमबार १४:३२, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो। 

दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। 

आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ। 

पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। सोही दिन ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोधको समय राखिएको छ।

पुस ५ गते नै दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्मा उम्मेदवारले नाम फिर्ता लिनसक्नेछन्।

उम्मेदवारको अन्तिम नामावली पुस ५ गते दिउँसो ३ बजे हुने कार्यसूचीमा उल्लेख गरिएको छ। पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने जनाइएको छ।

निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयपिभत्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .