ad ad

राजनीति


सांसदहरूलाई देउवाको निर्देशन- संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

सांसदहरूलाई देउवाको निर्देशन- संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई ज्ञापन गर्दै कांग्रेस सांसदहरू।


नेपालखबर
पुस २, २०७९ शनिबार १८:१९, काठमाडौँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिएका हुन्।

प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसदमा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ। अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ,’ सरकारका प्रवक्ता कार्कीले भने, ‘गठबन्धनलाई जनताले अनुमोदन गरेका छन । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ।’ 

कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पारे।

गठबन्धनको बैठक भइसकेपछि सरकार निर्माण र संसदीय दलको बारेमा अन्य जानकारी दिइने कार्कीले बताए। 

मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे।

उनले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .