राजनीति


तरुण दलका पूर्वमहासचिव चित्रकारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

तरुण दलका पूर्वमहासचिव चित्रकारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १०:५४, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल तरुण दलका पूर्वमहासचिव कमल चित्रकारको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

चित्रकारको गत मंगलबार निधन भएको थियो। बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए। पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।

चित्रकारको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘नेपाल तरुण दलका पूर्वमहासचिव एवं नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका चित्रकार २०३८ सालमा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमार्डौं महानगरको प्रधानपञ्च बनेका थिए ।

चित्रकारले लोकतन्त्र स्थापनाको आन्दोलनमा पु¥याएको योगदान सदै स्मरणीय हुने प्रधानमन्त्री देउवाले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad