काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारका सुकुमवासी बस्ती हटाउन खोजेपछि केही दिनदेखि यस विषयमा व्यापक बहस भइरहेको छ।
गत मंगलबार मेयर बालेन्द्र शाह डोजर लिएर सुकुवासी पुग्दा स्थानीयले ढुंगामुढा गरे। स्थिति तनावग्रस्त भयो। प्रहरीसहित केही व्यक्ति घाइते भए। प्रहरीलाई आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिबारे अनुसन्धान पनि अघि बढाएको छ। यसले एउटा ठूलो विवाद सिर्जना गरेको छ।
यसैबीच यो विवाद हल गर्न पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। काठमाडौँ उपत्यकाको सुकुमवासी समसस्यारे उत्पन्न विवाद हल गर्न आफूले आफ्नै कार्यकालको अनुभवका आधारमा प्रधानमन्त्री देउवालाई उपायहरू बताएको डा. भट्टराईले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत यसको जानकारी दिँदै उनले भनेका छन्, ‘संघीय राजधानी रहेको काठमाडौँ उपत्यकाका सुकुमवासी समस्याबारे उत्पन्न विवाद हल गर्न मेरो आफ्नै कार्यकालको अनुभवका आधारमा राज्यका विभिन्न निकाय/अंगबीच समन्वय र सहजीकरणको पहल गर्न मैले प्रम शेरबहादुर देउवालाई भेटेर सुझाव दिएको छु। सबै जिम्मेवार बनौँ।’
Shares
प्रतिक्रिया