राजनीति


मोदीले भनेः म आफ्नो निर्णयबाट कहिल्यै पछाडि हट्दिनँ

मोदीले भनेः म आफ्नो निर्णयबाट कहिल्यै पछाडि हट्दिनँ

नेपालखबर
पुस ६, २०७६ आइतबार १०:३०,

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको मुसलमान एकातिर प्रदर्शनमा उत्रिएका छन् भने अर्कातिर भारतका स्थानीयले पनि विरोध गरिरहेका छन्।

छिमेकी देशहरुबाट आउने आप्रवासीको चेपुवामा पर्ने भन्दै भारतका स्थानीयले पनि आन्दोलन गरिरहेका हुन्।

प्रदर्शनका बीच आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक र्यालीलाई सम्बोधन गर्दै आफूले नागरिकता कानुन फिर्ता नगर्ने बताए। उनले भने,‘म आफ्नो निर्णयबाट कहिल्यै पछाडि हट्दिनँ।’

हाल ल्याइएको नागरिकता कानुनले कसैलाई असर नगर्ने भन्दै उनले भने,‘म देशको एकताको लागि कहिल्यै पछाडि हट्दिनँ। कुनै देशवासीले देशको शिर झुकाउन चाहँदैन, देशलाई विभाजित गनृ चाहँदैन।’

सो क्रममा मोदीले विपक्षी दल काँग्रेस र उसका सहयोगीले मुसलमान समुदायलाई भड्काएका कारण अवस्था विग्रिएको आरोप लगाए।

मोदीले राजनीतिक कारणका लागि काँग्रेसले यस विषयलाई गलत व्याख्या गरेको बताए।

यसअघि पनि मोदीले नागरिकता संशोधन कानुनका विषयमा भनेका थिए,‘यस कानुनले भारतका कुनै जनता र धर्मलाई असर गर्दैन। यस कानुनलाई लिएर कुनै जनताले चिन्ता लिनु पर्दैन। यो ती व्यक्तिहरुको हितको लागि ल्याइएको कानुन हो जोसँग भारतबाहेक अन्त जाने ठाउँ छैन।’

‘हामी गरिब, पिछडिएका, हेपिएका सबै मिलि भारतको विकासको निम्ति काम गर्नुपर्छ। हामीलाई भड्काउन खोज्ने पक्ष हामी स्वीकार गर्दैनौं।’ मोदीले भनेका थिए,‘यो शान्ति, एकता र भातृत्व व्यवस्थापन गर्ने समय हो। म नागरिकलाई यो अपिल गर्न चाहन्छु की हामी हल्लाको पछाडि दौडिनु हुँदैन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .