ad ad

राजनीति


नागरिकता विवादः प्रदर्शनकारीले भारतमा प्रहरी चौकी जलाए

नागरिकता विवादः प्रदर्शनकारीले भारतमा प्रहरी चौकी जलाए

नेपालखबर
पुस ५, २०७६ शनिबार ११:५९,

उत्तर प्रदेशको कानपुरमा प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेको बीबीसी हिन्दीले जलाएको छ।

सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ।

प्रहरीको गोली लागेर धेरैको ज्यान गएपछि प्रदर्शनकारीले प्रहरी चौकीमै तोडफोड तथा आगजनी सुरु गरेका छन्।

शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

Image result for police beating india

अधिकारीहरुका अनुसार उत्तर प्रदेशमा मात्र ११ जनाको ज्यान गइसकेको छ। जसमध्ये वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १० जनाको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो।

नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ। एजेन्सी

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .