ad ad

राजनीति


कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टी पहिलाे, एमाले चौथो

कैलाली ३ मा पनि नागरिक उन्मुक्ति पार्टी पहिलाे, एमाले चौथो

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १५:२९, काठमाडौँ

कैलाली क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। यहाँ कूल खसेका मध्ये १ हजार ८१० मत गणना हुँदा उन्मुक्ति पार्टीले ६ सय मत पाएको छ।

उसलाई सत्ता गठबन्धनले ४५० मतका साथ पछ्याइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ सय मतका साथ तेस्रो स्थानमा छ। कैलाली क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अहिलेसम्म २५० मत प्राप्त गरेको छ।

कैलाली–३ मा उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी, राप्रपाबाट विरेन्द्र बहादुर बम, एमालेबाट गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

नागरिक उन्मुक्ति पार्टी स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको दल हो। यसको अध्यक्ष टीकापुर घटनाका मुख्यदोषी ठहर भइ बन्दी जीवन बिताइरहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ हुन्।

उनी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पछि पार्दै अघि देखिएकी छन्। 

कूल खसेको मतमध्ये ६०१ मतको गणना सम्पन्न हुँदा श्रेष्ठको पक्षमा २६९ र कांग्रेस उम्मेदवार चौधरीको १६० मत देखिएको छ। 

नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लोकेन्द्र कुँवरले २६ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .