ad ad

राजनीति


भावी राष्ट्रपतिबारे बाबुरामको प्रतिक्रिया : म कुनै पदको दौडमा छैन

भावी राष्ट्रपतिबारे बाबुरामको प्रतिक्रिया : म कुनै पदको दौडमा छैन

पिता र परिवारका अन्य सदस्यसँगै मतदान गर्न पुगेका बाबुराम


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:३९, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू अहिले कुनै पदको दौडमा नरहेको बताएका छन्। 

गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रमा आइतवार मतदान गरेपछि उनले यस्तो बताएका हुन्।

सत्ता गठबन्धनबाट भावी राष्ट्रपतिको दाबेदारका रुपमा चर्चा भइरहेका बेला उनले पत्रकारको प्रश्नको जवाफ दिँदै कुनै पदको आकांक्षी नरहेको बताएका हुन्।

'मलाई त्यसबारेमा कतैबाट पनि कुनै प्रस्ताव आएको छैन। र, म त्यस पदका लागि आकांक्षी पनि छैन', उनले भने, 'तर यो निर्वाचनमा गठबन्धन दलको बहुमत आएर पाँच वर्ष स्थिर सरकार चल्न सक्छ।'

यो निर्वाचनका क्रममा चलाइएको 'नो नट अगेन' अभियानप्रति टिप्पणी गर्दै भट्टराईले यसलाई पुराना दलप्रतिको आक्रोशको अभिव्यक्ति भने। 

यस्ता अभियानले पुरानमा दलहरुलाई सँच्चिन दबाब बढाउने पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .