ad ad

राजनीति


ओलीको टिप्पणी : रविले घण्टी बजाउँदैमा सत्ता गठबन्धन आत्तिएछ

ओलीको टिप्पणी : रविले घण्टी बजाउँदैमा सत्ता गठबन्धन आत्तिएछ

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १६:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदैमा सत्ता गठबन्धन आत्तिने अवस्था आएको बताएका छन्। 

चितवनको भरतपुरमा सोमबार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम लिँदै सत्ता गठबन्धनमाथि प्रहार गरेका हुन्। 

‘चुनाव प्रचारका क्रममा ढ्याङ्ग्रो बजाएको होइन, घण्टी पनि बजाउन पनि नदिने!', उनले भने, 'घण्टी बजनाउँदैमा ढुंगा हान्ने? भोट माग्दा दमा र नर्सिंङ्गा पनि बजाएको त होइन नि!’

ओलीले चुनाव लड्न तयार हुने जो कसैलाई रोक्न नहुने पनि बताएका छन्। उनले गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सत्ताधारी दलले ५ जना नागरिकको ज्यान लिएको पनि बताएका छन्। 

उनले यसअघिका भाषणमा जस्तै सत्ता गठबन्धन देशलाई घाँड भएको बताउँदै यसलाई मंसिर ४ को निर्वाचनबाट फ्याँक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .