ad ad

राजनीति


रविका कार्यकर्ताले ‘हरुवा’ भने, गठबन्धनका कार्यकर्ताले ढुंगा हाने

रविका कार्यकर्ताले ‘हरुवा’ भने, गठबन्धनका कार्यकर्ताले ढुंगा हाने

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १६:२९, काठमाडौँ

चितवनमा क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ।

घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो। 

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार दुई दलका कार्यकर्ताबीच कुरिनटारबाट नारायणगढतर्फ जम्काभेट भएको थियो।

सवारीसाधन प्रयोग गर्दै र पैदलै प्रचार हिँडेका दुई पक्षबीच जम्काभेट हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेका थिए। 

‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ', उनले भनिन्, 'त्यसपछि गठबन्धनका कार्यकर्ताले रास्वपका कार्यकर्ता सवार एउटा गाडीमा क्षति पुर्‍याएका छन्।' 

रवि नेतृत्वको रास्वपाका एकजना नेता दीपक बोहोराले सत्ता गठबन्धनले आफूहरुमाथि बिनाकारण आक्रमण गरेको आरोप लगाएका छन्। 

गाडी तोडफोड भएपछि घटनास्थल पुगेका चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले सुरक्षामा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे। 

त्यस्तै नेता बोहोराले सत्ता गठबन्धनलाई जोगाउन लागिपरेको प्रहरी प्रशासनले आफ्ना कार्यकर्ता र चुनावी प्रचार टोलीको सुरक्षामा लापरवाही गरेको गुनासो गरे। 

उनले आक्रमणकै क्रममा पनि प्रहरीले गठबन्धनको पक्ष लिएको भन्दै आपत्ति जनाए। गठबन्धनका कार्यकर्ताको आक्रमणमा आफ्ना एकजना कार्यकर्ता घाइते भएको बोहोराले बताए। 

रविले घटनास्थल पुगेर त्यहाँ तैनाथ प्रहरी अधिकारीसँग आक्रमणकारीलाई कारवाही माग गरेका छन्। 

रास्वपाले आफूहरुमाथि कांग्रेस चितवन जिल्ला सदस्य अनमोल अधिकारी, भरतपुर महानगर समिति सचिव कृष्ण वाग्लेलसहितले आक्रमण गरेको जनाएको छ। 

चितवनमा २ मा सत्ता गठबन्धनबाट विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ र एमालेबाट निवर्तमान सांसद कृष्णभक्त पोखरेल भिडिरहेका छन्। उनीहरुलाई रविले कडा चुनौती दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .