ad ad

राजनीति


लौरो अभियानबाट प्रधानमन्त्रीको उम्मेदवार सागर ढकाल

लौरो अभियानबाट प्रधानमन्त्रीको उम्मेदवार सागर ढकाल

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार ९:१२, काठमाडौँ

हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको छ। 

उक्त अभियानले शनिबार जारी गरेको विज्ञप्तिमा आगामी मंसिर ४ को चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिएको उल्लेख छ।

हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘, ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ई. सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको बेहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं।’

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .