नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते देशलाई फेरि निरकुंशतातिर लाने हो वा होइन भन्ने विषयमा जनमत संग्रहजस्तै हुने बताएका छन्। चितवनको भरतपुरमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल गर्दै अध्यक्ष प्रचण्डले भने, ‘निरंकुशतातिर लैजाने हो भन्ने कुरा कुरामा जनमत संग्रह जस्तो यो निर्वाचनमा हुँदैछ,’
प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उनको भनाई थियो। ‘म चितवनबासी तपाई दिदीबहिनी, दाजुभाईहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–हामीले इतिहासको यो अवसर बिल्कुल गुम्न दिनुहुँदैन। एउटा ठूलो अवसर हामीलाई आएको छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन वास्तवमा पछाडि देशलाई धकेल्ने हो वा देशलाई अगाडि लैजाने हो? देशलाई विकास र समृद्धिको नयाँ यात्रातिर लैजाने हो वा अराजकतातिर?’
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकीर समेत गरे। उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि पटकपटक दोहो¥याए।
‘आउने मंसीर ४ गतेको प्रदेश र संघको निर्वाचनमा हामीले फेरी प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकताको प्रर्दशन गर्नुपर्नेछ। र, नेपाली जनताको त्यो एकताको प्रर्दशन जसरी १२ बुँदे सम्झदारी र विस्तृत शान्ति सम्झौंता, संविधान जारी गर्दा जसरी हामीले एकता प्रर्दशन गरेको थियौ। त्यसैगरी आउने मंसीर ४ गतेको निर्वाचनमा पनि देशभरीका जनताले गठबन्धनको नेतृत्व अन्तरगत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्याधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन।’ प्रचण्डले भने।
Shares

प्रतिक्रिया