राजनीति


दाङमा शंकरलाई जरोकिलोको साथ, भक्तपुरमा लौरोका उम्मेदवारको समर्थन महेशलाई

दाङमा शंकरलाई जरोकिलोको साथ, भक्तपुरमा लौरोका उम्मेदवारको समर्थन महेशलाई

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १८:४७, काठमाडौँ

दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलो पार्टीले नेकपा एमालेका महासचिवसमेत रहेका शंकर पोखरेललाई साथ दिने भएको छ।

दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलोका उम्मेदवार रामचन्द्र खड्काले आफूलाई निष्क्रिय राख्दै पोखरेललाई साथ दिने घोषणा गरेका हुन्। 

'मैले आजको मितिदेखि मौलिक जरो किलो पार्टीको साधारण सदस्यसमेत परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा मा प्रवेश गरेको घोषणा गर्दछु', उनले विज्ञप्ति निकालेर भनेका छन्। 

उनले मौलिक जरोकिलो पार्टीका सदस्य र सहयोगीहरुलाई एमालेको चुनाव चिह्न सूर्यमा मतदान गर्न पनि अपील गरेका छन्। 

अर्कातिर लौरो चुनाव चिह्न लिएर भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका लोकेन्द्र पोखरेलले एमालेका महेश बस्नेतलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन्। लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीले लिएको छ।

उनले एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न पनि लौरो अभियानका अभियन्ताहरुलाई आव्हान गरेका छन्। 

'लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो', उनले भनेका छन्, 'उहाँको विकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो।' 
 
पत्रकार सम्मेलनमा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ लौरो अभियन्ताहरुले सघाउने अभियानमा जुट्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad