२०७४को निर्वाचनपछि महिलालाई पुरुषसँग प्रतिस्पर्धा गराँउदा सहभागिता कम भएकोबारेमा बहस शुरु भयो।
कसैले महिला र पुरुषबीचको चुनावी प्रतिस्पर्धा सहज र स्वभाविक भएको प्रतिक्रिया दिए भने केहीले महिला प्रतिनिधित्व कम गराउन जानाजान पुरुषसँग भिडाएको आरोप लगाए।
पछिल्लो मत राख्नेहरुको तर्क थियो महिला र पुरुषबीच चुनावी प्रतिस्पर्धा हुँदा स्वभाविक रुपमा पुरुषले जित्ने र महिलाको सहभागिता कम हुन्छ।
अझै यो बहस टुंगिएको छैन। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फबाट उम्मेदवार भएका महिलाहरुको प्रतिस्पर्धा पुरुषसँगै छ।
प्रदेश १ मा प्रतिनिधि सभाका लागि ठूला दलबाट ५ जना र प्रदेश सभाका लागि ६ जना महिला चुनावी मैदानमा छन्।
तीमध्ये एउटाबाहेक सबै निर्वाचन क्षेत्रमा महिला र पुरुष उम्देवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।
इलाम क्षेत्र नम्बर १ 'क' मा भने महिला महिलाबीच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रबाट सत्ता गठबन्धनले प्रदेश १ सरकारकी संस्कृति पर्यटन मन्त्री खिनु लङ्वालाई उतारेको छ। अर्कातिर नेकपा एमालले शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ।
लङ्वा एकीकृत समाजवादीबाट उम्मेदवार हुन्। उनलाई कांग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिएका छन्।
प्रदेश १ का २८ प्रतिनिधि साभ र ५६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये यो क्षेत्रमा मात्रै महिला र महिलाबीचमा मुख्य प्रतिस्पर्धा हुँदा यो क्षेत्रमा रोचक चुनावी प्रतिस्पर्धा सुरु भएको छ।
यो क्षेत्रबाट जसले निर्वाचन जितेपनि प्रदेश सभा सदस्यमा महिला निर्वाचित भएर जाने छन्। इलामको पर्वी उत्तर क्षेत्रमा पर्ने दुवै उमेद्वारले कृषी र पर्यटनलाई चुनावी एजेण्डा बनाएका छन्।
दुध र अलैँची र चिया उत्पादन हुने यस क्षेत्रमा बाटोको समस्या रहेको स्थानीय इन्दिरा पराजुली बताँउछिन्।
हाम्रा समस्या गाडीको अत्याधिक भाडा हो। एक किलोमिटर यात्रको ४० रुपैयाँसम्म तिर्नुपर्छ। उनले सुनाइन्, 'हाम्रा समस्या जसले सम्बोधन गर्ने हो उसैलाई भोट दिनो हो।'
एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएकी शोभा पराजुलीले ग्रामिण क्षेत्रको बाटो घाटोको स्तरोन्नति, विजुली विस्तार र स्वाच्छ खानेपानीको विस्तार आफ्नो चुनावी ऐजेण्डा रहेको बताइन्।
उनले भनिन्, 'पर्यटनको विकास र किसानका समस्या सम्बोधन गर्नका लागि मेरो उम्मेदवारी हो।'
यसअघि त्यही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित हुँदै संस्कृति तथा पर्यटन मन्त्री बनेकी खिनु लङ्वाले आफूले ल्याएको योजनाको निरन्तरताका लागि चुनावी मैदानमा होमिएको बताइन्।
'हामीले यस क्षेत्रमा धेरै कामको सुरुवात गरेका छौँ। यो कामको निरन्तराको लागि पनि मेरो उम्मेदवारी हो।'
अंकगणितमा को अगाडि?
इलाम प्रतिनिधि सभा १ 'क' मा माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका पर्दछन्। यस्तै त्यस क्षेत्रमा इलाम नगरपालिकाको वडा नम्बर १०, सूर्योदय नगरपालिकको वडा नम्बर १,२,३, ९,१९ र ११ नम्बर पर्छन्।
१८ वडा रहेको निर्वाचन क्षेत्रमा स्थानीय तहमा एमालले ७ वटा वडामा अध्यक्ष जितेको छ। कांग्रेसले ६, एकीकृत समाजवादीले ३, जनता समाजवादी र स्वातन्त्रले एउटा एउटा वडाअध्क्ष जितेका छन्।
स्थानीय तहको मतलाई हेर्दा सत्ता गठबन्धन अगाडि देखिन्छ। एमालेले १८ वडामा वडाअध्यक्षका लागि १२ हजार ५२५ मत पाएको छ।
कांग्रेसले १२ हजार ८१ र एकीकृत समाजवादीले ५ हजार २४१ मत वडाअध्यक्षमा पाएको छ।
यो मतलाई हेर्ने हो भने सत्ता गठबन्धनको मत एमालेको भन्दा बढी देखिन्छ। तर यही अंक गणितलाई मात्रै हेरेर चुनावको परिणाम अनुमान गर्नु सही नहुने एमालेको दावी छ।
त्य क्षेत्रमा मा ५५ हजार २ सय ४७ मतदाता रहेका छन्। अघिल्लो प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनबाट खिनु लङ्वाले १८ हजार ६८६ मत ल्याएकी थिइन्।
उनी एमालेका तर्फबाट उमेदवार बनेकी थिइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र कुमार राईले ९ हजार ३२७ मत ल्याएका थिए।
तात्कालीन संघीय समाजवादी पार्टीका लासाङ तामाङले १ हजार १४८ मत र मंगोल नेशनल पार्टीका आमुमदेव माक्रेहाङले १ हजार १३६ मत ल्याएका थिए।
प्रतिक्रिया